Business-Startup आजकल धेरैनै चलेको शव्दावली हो। Start-up businesses ले संसारका धेरै ठाउँ र व्यक्ति हरुलाई आर्थिक रुपमा कहाँ बाट कहाँ पुराईदिएको छ। Facebook , Elon Musk का कम्पनी हरु र संसारका लाखौ अरु धेरै start-up हरुछन् जसले Technology र आर्थिक गतिविधि मार्फत आमुल परिवर्तन ल्याउन सफल भएका छन्। तर business-startup को अर्को कटु सत्य के पनिहोभने , ४ मा ३ यस्ता businesses असफल हुन्छन। यो अनुसन्धान बाट प्राप्त आंकडा हो। अधिकांश startup युवा हरुले शुरु गर्छन । युवा मा energy हुन्छ , नया idea हुन्छ , युवाहरु creative हुन्छन। तर पनी किन ७५% startup fail हुन्छन त भनेर केलाउदा के देखिन्छ भने , युवा मा भएको अनुभव को आभव ले गर्दा , energy , creativity , र इच्छाशक्ति हुदा हुदै पनी असफल हुदारहेछन । तर युवा द्वारा संचालित सफल startup हरुलाई लाई केलाएर हेर्दा के पाईन्छ भने, यस्ता startup को सुरुवाती दिनहरु बाटै अनुभवी-पाको manager राखेको हुने रहेछ। निष्कर्समा भन्नुपर्दा, युवाको जोस जागर , इच्छा शक्ति र नयापन संग पुरानो अनुभव मिसाउद नै सफतलाको सुत्र बन्ने रहेछ । हामीले राजनीतिमा