Skip to main content

Posts

Showing posts with the label Politics

Thought # 1 रास्ट्रपति को बन्ने ?

  Thought #1 रास्ट्रपति को बन्ने ? विभिन्न मुलुकको इतिहास सर-सर्ती केलाएर हेर्दा के देखिन्छ भने जुन-जुन मुलुकमा राष्ट्रिय एकता को रुपमा कुनै संस्था वा प्रतिक (जस्तो राष्ट्रिय झन्डा , राष्ट्रिय गान इत्यादी ) बलियो बनेको छ , तिनै मुलुक विकास मा अगाडी छन्। उदाहरण को लागी , अमेरिका मा राष्ट्रिय झण्डा र राष्ट्रिय गान ले राष्ट्रिय एकता को प्रतिक को भूमिका खेल्छ ; वेलायत मा राजसंस्था; भारत मा राष्ट्रिय गान)। नेपालमा तत्कालिन प्रचलित संस्था को बिलयपछी, हाम्रा नयाँ Democratic Institutions हरुले आम नेपाली एकता को प्रतिक को भूमिका खेल्न चुकेको पाइन्छ। हो समय लाग्छ। एक रातमै हुने कुरा होइन, तरपनि त्यस दिशा तर्फ़ हामी लग्नु पर्छ। राष्ट्रपति वा हाम्रो झन्डा (अरु कुनै संस्था वा कुराको संभावना हुन पनी सक्छ) राष्ट्रिय एकताको प्रतिक हुन सक्ने सम्भावना छ। रास्ट्रपति प्रणालीको को Instiutionaliztion तर्फ हामीले ध्यान दिनु पर्यो । को ब्यक्ति लाई निर्वाचित गर्ने भन्ने कुरामा मात्र सिमित हुनु भएन।