Skip to main content

Thought # 3 के साच्चै युवा नै चहिने होत ? Business-startup वाट सिक्ने की।

Business-Startup आजकल धेरैनै चलेको शव्दावली हो। Start-up businesses ले संसारका धेरै ठाउँ र व्यक्ति हरुलाई आर्थिक रुपमा कहाँ बाट कहाँ पुराईदिएको छ।  Facebook , Elon Musk का कम्पनी हरु र संसारका लाखौ अरु धेरै start-up हरुछन् जसले Technology र आर्थिक गतिविधि मार्फत  आमुल परिवर्तन  ल्याउन सफल भएका छन्।    

तर business-startup को अर्को कटु सत्य के पनिहोभने , ४ मा ३ यस्ता businesses असफल हुन्छन।  यो अनुसन्धान बाट प्राप्त आंकडा हो।  अधिकांश startup युवा हरुले शुरु गर्छन ।  युवा मा energy हुन्छ ,  नया idea हुन्छ ,  युवाहरु creative हुन्छन। तर पनी किन ७५% startup fail हुन्छन त भनेर केलाउदा के देखिन्छ भने , युवा मा भएको अनुभव को आभव ले गर्दा , energy , creativity , र इच्छाशक्ति हुदा हुदै पनी असफल  हुदारहेछन । 

तर युवा द्वारा संचालित सफल startup हरुलाई  लाई केलाएर हेर्दा  के पाईन्छ भने, यस्ता startup को सुरुवाती दिनहरु बाटै अनुभवी-पाको manager राखेको हुने रहेछ।  निष्कर्समा  भन्नुपर्दा, युवाको जोस जागर , इच्छा शक्ति र नयापन संग पुरानो अनुभव मिसाउद नै  सफतलाको सुत्र बन्ने रहेछ ।  

हामीले राजनीतिमा पनि यो सिकाई को प्रयोग किन नगर्ने ?