मेरो आफ्नै काम को अनुभव र विभिन्न सैद्धान्तिक अध्ययन को आधारबाट प्राप्त निष्कर्ष अनुसार यी दुइ तरिका सुझाउदैछु।
१. आफ्नो क्षेत्र र Constituency को परिआउने टुक्रे, साना ठुला काम पुरा मन लगाएर गर्नुहोला। भेटघाट, सर-सहयोग , भनिदिने-सुनिदिने , बिकास का कुराहरु आदी इत्यादी। यी-यस्ता कामहरुले तपाइलाई जनता संग र constituency संग जोड्छ र तपाइको सम्बन्ध प्रगाड हुन्छ । यी एकदमै महत्वपुर्ण कुराहरु हुन्।
२. तर माथिको भन्दा महत्वपुर्ण कुरा भनेको , तपाइले आफुलाई यो प्रश्न गर्नुहोस: What does it mean to me to become people's representative? म किन जन प्रतिनिधी हुने ? यसले मेरो जीवन मा के माने राख्छ ? धेरै काम गर्ने उदेश्य हुनु राम्रो हो। प्राय धेरै कुरामा हात हाल्दा मान्छे अलमलिन्छ। तर थोरै काम लाई निचोड मा पुग्ने गरी गर्नु चाई उत्तम हो।
क) तपाई को क्षेत्र का कुनै ५ समस्या लाई पहिचान गर्नुहोस जुन तपाइको राजनैतिक मुद्दा संग मेल खान्छ। यीनै ५ वटा समस्या-मुद्दा लाई तपाइको कार्यकाल को लक्ष्य बनाउनुहोस।
ख ) राष्ट्रिय/प्रदेश तहमा कुनै ५ वटा मुद्दा-समस्या लाई पहीचान गरी तिनै मुद्दा मा दुरगामी प्रभाव पर्ने काम गर्न तर्फ़ अग्रसर हुनुहोस।
ग ) आफ्नो मुद्दा संग मेलखाने अन्य प्रतिनिधि-नेता संग नेटवर्क बनाउनुहोस। आफ्नो मुद्दा-समस्या मा काम गर्न coliation आवस्यक हुन्छ।
(मुद्दा का उदहारण हरु : Export Oriented Industry, शहरी सुकुम्वासी, Technical Education, Vocational Education, Mental Health, सार्वजनिक यातायात, दाइजो प्रथा , छुवा-छुत, वैदेशिक लगानी , Start-up, Religious Tolerence, Corruption, Traffic Management, Rural Agro-business, Cooperatives आदी इत्यादी )